मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु « Khabarhub

मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु


३ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनी स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ९ : ३० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको