मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसीको मठ नजिक लगेर राखिन्छ ? | Khabarhub Khabarhub

मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसीको मठ नजिक लगेर राखिन्छ ?


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

गाउँ होस् वा सहर अधिकांश घरमा मठ वा गमलामा तुलसी रोप्ने गरेको पाइन्छ । औषधीय गुणले भरिपूर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मावलम्बीहरू भगवानको प्रतीकको रूपमा पूजा गर्दछन् । धार्मिक तथा वास्तु, ज्योतिष शास्त्र अनुसार घरमा तुलसीको बिरुवा हुनु वा रोप्नु अत्यन्त शुभ मानिन्छ ।

हिन्दु धर्ममा हरेक धार्मिक कार्यमा तुलसीको उपयोग गरिन्छ । विशेष गरी भगवान विष्णुको पूजामा तुलसी आवश्यक मानिन्छ । भगवान विष्णुलाई तुलसी अति प्रिय लाग्ने धार्मिक विश्वास छ ।

पवित्र तुलसी रोपिएको स्थानमा भुलेर पनि मांसहारी वा मदिराजन्य पदार्थ राख्नु वा सेवन गर्नु धार्मिक दृष्टिमा राम्रो मानिँदैन । 

यसका साथै तुलसीको माला धारण गर्नेहरूले कहिल्यै मांसाहार, मदिरा, नशालु पदार्थ वा तामसी भोजन गर्नु हुँदैन ।

वास्तु अनुसार तुलसीको बिरुवा रोपेमा नकारात्मक प्रभाव नष्ट हुन्छ । साथै घरमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ ।

वास्तु दोष कम गर्न तुलसी सक्षम मानिन्छ । वास्तुशास्त्र अनुसार तुलसीको बिरुवा घरको पूर्वोत्तर वा उत्तर दिशामा रोप्नु पर्दछ । तर भुलेर पनि तुलसीको बिरुवा दक्षिण दिशामा राख्नु हुँदैन । 

घरमा भएको तुलसीमा नियमित पानी अर्पण गर्ने, साँझमा घिउको दियो बाल्ने गर्नु पर्दछ । दियो बाल्दा दियोको मुनी चामलको आसन लगाउनु पर्दछ ।

जुन घरमा नियमित बिहान–बेलुका तुलसीको पूजा हुन्छ त्यस घरमा महालक्ष्मीको बास हुने विश्वास गरिन्छ । साथै सो घरमा हमेसा सुख समृद्धिको वास हुने गर्दछ । तर आइतबारको दिनमा भने तुलसीमा पानी अर्पण गर्नु हुँदैन ।

बिहानै तुलसीको पूजनले, तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको सम्मिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घ जीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ ।

तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ । यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वपूर्ण छन् । तुलसीको सेवनले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडाबान्ता पनि रोक्न मद्दत गर्दछ ।

नेपाली परम्पराअनुसार मानिसको मृत्युको अन्तिम क्षणमा सम्भव भएसम्म तुलसीको मठ नजिकै लगेर राख्ने गरिन्छ । साथै तुलसी पत्र भिजाएको जल खुवाउने गरिन्छ ।

यसको धार्मिक कारण तुलसी पानी खुवाउनाले मृत्युपछि मोक्ष प्राप्त हुने मान्यता छ । यस्तै तुलसीको बिरुवाले अक्सिजन दिने हुँदा श्वास प्रश्वासमा सहज हुने वैज्ञानिक मान्यता छ ।

विशेष गरी बिना आवश्यकता र आइतबार, सूर्य ग्रहण, चन्द्रग्रहण, एकादशी र सूर्यास्तपछि तुलसीको पात टिप्नु हुँदैन । यदि भुलवश टिपेमा हात जोडेर तुलसीलाई प्रणाम गरी माफी माग्नु पर्दछ ।

धार्मिक मान्यता अनुसार तुलसीलाई ननुहाइ छुनु हुँदैन । साथै महिनावारी भएको बेलामा समेत महिलाहरूले पनि छुनु हुँदैन । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ०० बजे

सरकारको नीति तथा कार्यक्रममा महिलाको मुद्दा कति समेटियो ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुबै संसदको संयुक्त सदनमा

गृहमन्त्री लामिछानेबाट त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न

दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ घर भएका ३५ वर्षीय

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत