मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसीको मठ नजिक लगेर राखिन्छ ? « Khabarhub

मृत्युको अन्तिम क्षणमा पुगेको मानिसलाई किन तुलसीको मठ नजिक लगेर राखिन्छ ?


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

गाउँ होस् वा सहर अधिकांश घरमा मठ वा गमलामा तुलसी रोप्ने गरेको पाइन्छ । औषधीय गुणले भरिपूर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मावलम्बीहरू भगवानको प्रतीकको रूपमा पूजा गर्दछन् । धार्मिक तथा वास्तु, ज्योतिष शास्त्र अनुसार घरमा तुलसीको बिरुवा हुनु वा रोप्नु अत्यन्त शुभ मानिन्छ ।

हिन्दु धर्ममा हरेक धार्मिक कार्यमा तुलसीको उपयोग गरिन्छ । विशेष गरी भगवान विष्णुको पूजामा तुलसी आवश्यक मानिन्छ । भगवान विष्णुलाई तुलसी अति प्रिय लाग्ने धार्मिक विश्वास छ ।

पवित्र तुलसी रोपिएको स्थानमा भुलेर पनि मांसहारी वा मदिराजन्य पदार्थ राख्नु वा सेवन गर्नु धार्मिक दृष्टिमा राम्रो मानिँदैन । 

यसका साथै तुलसीको माला धारण गर्नेहरूले कहिल्यै मांसाहार, मदिरा, नशालु पदार्थ वा तामसी भोजन गर्नु हुँदैन ।

वास्तु अनुसार तुलसीको बिरुवा रोपेमा नकारात्मक प्रभाव नष्ट हुन्छ । साथै घरमा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ ।

वास्तु दोष कम गर्न तुलसी सक्षम मानिन्छ । वास्तुशास्त्र अनुसार तुलसीको बिरुवा घरको पूर्वोत्तर वा उत्तर दिशामा रोप्नु पर्दछ । तर भुलेर पनि तुलसीको बिरुवा दक्षिण दिशामा राख्नु हुँदैन । 

घरमा भएको तुलसीमा नियमित पानी अर्पण गर्ने, साँझमा घिउको दियो बाल्ने गर्नु पर्दछ । दियो बाल्दा दियोको मुनी चामलको आसन लगाउनु पर्दछ ।

जुन घरमा नियमित बिहान–बेलुका तुलसीको पूजा हुन्छ त्यस घरमा महालक्ष्मीको बास हुने विश्वास गरिन्छ । साथै सो घरमा हमेसा सुख समृद्धिको वास हुने गर्दछ । तर आइतबारको दिनमा भने तुलसीमा पानी अर्पण गर्नु हुँदैन ।

बिहानै तुलसीको पूजनले, तुलसीसँगको सम्पर्कले मानव जीवन निरोगी बन्छ भने तुलसीको सम्मिश्रणको खाद्यपदार्थहरूको सेवन गर्दा मानिसले दीर्घ जीवन प्राप्त गर्न सक्छ भन्ने कथन छ ।

तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ । यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वपूर्ण छन् । तुलसीको सेवनले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडाबान्ता पनि रोक्न मद्दत गर्दछ ।

नेपाली परम्पराअनुसार मानिसको मृत्युको अन्तिम क्षणमा सम्भव भएसम्म तुलसीको मठ नजिकै लगेर राख्ने गरिन्छ । साथै तुलसी पत्र भिजाएको जल खुवाउने गरिन्छ ।

यसको धार्मिक कारण तुलसी पानी खुवाउनाले मृत्युपछि मोक्ष प्राप्त हुने मान्यता छ । यस्तै तुलसीको बिरुवाले अक्सिजन दिने हुँदा श्वास प्रश्वासमा सहज हुने वैज्ञानिक मान्यता छ ।

विशेष गरी बिना आवश्यकता र आइतबार, सूर्य ग्रहण, चन्द्रग्रहण, एकादशी र सूर्यास्तपछि तुलसीको पात टिप्नु हुँदैन । यदि भुलवश टिपेमा हात जोडेर तुलसीलाई प्रणाम गरी माफी माग्नु पर्दछ ।

धार्मिक मान्यता अनुसार तुलसीलाई ननुहाइ छुनु हुँदैन । साथै महिनावारी भएको बेलामा समेत महिलाहरूले पनि छुनु हुँदैन । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ०० बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै