कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका | Khabarhub Khabarhub

कठारमा स्वच्छ खानेपानी पुर्‍याउँदै खैरहनी नगरपालिका


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

चितवन– खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुराएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका–१० र ११ पर्दछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ । प्रमुख खनियाँले भने , ‘यसै आर्थिक वर्षभित्र कठारका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउँदैछौँ ।’ सो क्षेत्रमा खानेपानी पुर्‍याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि बढाउँदैछ ।

अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ । कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पुर्‍याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने उनले बताए । नगरपालिका–१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ । खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पुर्‍याइँदै छ ।

कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ । नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, ‘यस वर्ष सबै घरमा खानेपानी पुर्‍याएपछि हामी विपन्न परिवारलाई लक्षित गरी लिटर तोकेर निःशुल्क गर्नेछौँ ।’ नगरभित्र रहेका खानेपानी आयोजनाहरुलाई समन्वय गर्ने गरी एउटा समिति निर्माण गरी खानेपानी वितरणलाई व्यवस्थित गरिँदै छ । नगरपालिकाभित्र खैरहनी, भुतिया, कंकाली, पटिहानी, सुन्दर, सिद्धिपुर, जीवनपुर लगायतका खानेपानी आयोजना रहेका छन् । 

तीमध्ये खैरहनी सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यसले करिब ६ हजार परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ । यसको पूर्ण क्षमता करिब १३ हजार घरपरिवार रहेको छ ।

खैरहनी नगरपालिकामा ६७ हजारभन्दा बढी जनसङ्ख्या रहेका छन् । सो मध्ये ३५ प्रतिशत थारू समुदाय रहेका छन् । पछिल्ला वर्षहरूमा तीव्र विकास भइरहेको नगरमध्येको एक नगरपालिका खैरहनी हो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ३ : १२ बजे

प्रदेशसभा अधिवेशन आह्वान, वैशाख ३१ गते विश्वासको मत लिने कार्कीको तयारी 

काठमाडौं– प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको

चट्टान आरोहण गर्दा लडेका सूचनको उपचारका क्रममा मृत्यु

खोटाङ– साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा

बाँसजन्य सामग्री उत्पादनमा विद्यार्थी आकर्षित

रामपुर- पहिले सबैका घरमा बाँसबाट डोको, नाङ्लो, ढकिया, भकारी, थुङ्सेलगायत