एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने  « Khabarhub

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने 


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बुधबार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडीबीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति (उपभोग्य बजार महंगी) समेत घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने एडीबीको प्रक्षेपण छ ।

गत वर्ष यस्तो मुद्रास्फीति ७.७ प्रतिशत पुगेको एडीबीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको