एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने  « Khabarhub

एडीबीको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने 


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बुधबार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडीबीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति (उपभोग्य बजार महंगी) समेत घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने एडीबीको प्रक्षेपण छ ।

गत वर्ष यस्तो मुद्रास्फीति ७.७ प्रतिशत पुगेको एडीबीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : ४६ बजे

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक