जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीको विरोध प्रदर्शन « Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीको विरोध प्रदर्शन


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी एक जना विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको विषयमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने असोज १ गते देखि विरोध प्रदर्शनमा रोक लगाउदै निषेधाज्ञा जारी गरिएको सो कार्यालय अगाडि नै विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विद्यार्थी र प्रशासनबीच भएको वार्ता बहिष्कार गर्दै विभिन्न संघ संगठनका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन ।

 विरोधका क्रममा पटक पटक प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ । २०७८ सालमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका एक जना प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउन अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी साटफेर गरेको घटना सार्वजनिक भएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । परीक्षा गार्ड रहेका दत्तले उत्तर पुस्तिकाको थप कपी साटफेर गरेको घटना बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

 फेल भएकी विद्यार्थी सन्ध्यालाई पुनः परीक्षा दिलाउन खोजिएपछि आन्दोलन गरिएको विद्यार्थी नेताहरूले बताएका छन । उनीहरूले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको र यो कदम नसचिए सम्म आन्दोलन गरिरहने बताए । 

आन्दोलनका क्रममा उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडी समेत जलाइदिएका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ५ : ४८ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक