कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय वृद्ध पक्राउ


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहिले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो। 

जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए। 

पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : ३० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ