कञ्चनपुरमा अहेबमाथि कुटपिट « Khabarhub

कञ्चनपुरमा अहेबमाथि कुटपिट


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेका छन् ।

केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका व्यक्तिले ‘टाँका लगाउने धागो किन नभएको’ भन्दै कुटपिट गरेको जनाएको छ ।

गैरेमाथि आक्रमण गर्ने बेलौरी–३, गोकुलपुरका रामु भनिने रामबहादुर खड्का रहेका छन् ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ ।

कुटपिटपछि पनि अहेबले घाइतेको उपचार गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

घटनाबारे उजुरी गर्न बुधबार बिहान इलाका प्रहरी कार्यालय पुग्दा पीडितप्रति नै आक्षेप लगाउने खालको प्रतिक्रिया दिएको र दिउँसोसम्म पनि आक्रमणकारीलाई पक्राउ नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

दोषीलाई कानुनी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ७ : ३० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक