'राम्रा शब्द लेखिँदैमा संविधान राम्रो हुन्न, कार्यान्वयनको पक्ष सबल हुनुपर्छ' | Khabarhub Khabarhub

‘राम्रा शब्द लेखिँदैमा संविधान राम्रो हुन्न, कार्यान्वयनको पक्ष सबल हुनुपर्छ’


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राम्रा शब्द लेखिँदैमा संविधान राम्रो नहुने भन्दै सरोकारवालाहरुले यसको कार्यान्वयनको पक्ष सबल हुनुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसको अवसरमा राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित संविधानको कार्यान्वयन : यथार्थ र अनुभूति विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले संविधान कार्यान्वयनको पक्ष सबल हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुमा छाडातन्त्र मौलाएको टिप्पणी गरे । राजनीतिक दलको नेतृत्वमा निरंकुशता बढेको बताउँदै उनले राजनीतिक विकृति मौलाएको बताए । ‘अहिले राजनीतिक दलभित्रको विकृतिले आकाश छोएको छ ।’ उनले भने । उनले संविधानमा लोकतान्त्रिक व्यवस्था भएपनि त्यसको कार्यान्वयनको पाटो महत्वपूर्ण रहेको बताए ।

‘जनतामा केही राम्रो होला कि भन्ने आश हुन्छ, तर तीन चार दलका नेताहरु छलफल गर्छन्, सबै काण्ड सामसुम हुन्छ ।’ उनले भने । उनले संसदमा विपक्षीको आवाज नसुनिए संसदको औचित्य नै नहुनेसमेत उल्लेख गरे ।

संविधान ठिक भएतापनि संविधानको कार्यान्वयन गर्ने सांसदहरु पनि ठिक हुनुपर्ने तर्क गरे । उनले संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि यो अवधिमा आम सर्वसाधारणले परिवर्तनको अनुभूति गर्न पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको उल्लेख गरे ।

आगामी आम निर्वाचनमा बहुमत दिए जातीय पहिचानका आधारमा राज्य दिने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मुलुकमा जातीय द्वन्द्वको जोखिम बढेको जिकिर गरे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विमला राई पौडेलले पछिल्लो समय राजनीतिक क्षेत्रमा समावेशी प्रतिनिधित्व बढेको भएपनि त्यो अझै प्रभावकारी हुन नसकेको बताइन् । उनले समावेशिताका आधारमा प्रतिनिधित्व दिलाउनका लागि दलहरु अझै तयार हुन नसकेको जिकिर गरिन् ।

राजनीतिक दलहरुल स्वेच्छाले भन्दा पनि बाध्यकारी भएकाले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताइन् । दलित, जनजाति, मधेशीलगायतको कोटाको दुरुपयोग बढेको भन्दै उनले समावेशिताका आधारमा कायम गरिएको आरक्षणको दुरुपयोग हुन दिन नहुने बताइन् ।

उनले नेतृत्वमा आरक्षणको सकारात्मक प्रभाव देखिएपनि आम सर्वसाधारणका लागि भने आरक्षणको व्यवस्था अझै प्रभावकारी बन्न नसकेको उनको भनाइ छ । समावेशिताका आधारमा प्रतिनिधित्व गरेका व्यक्तिहरुमा नेतृत्व क्षमता राम्रो रहेको पाइएपनि उनले दलहरुको संरचना, आन्तरिक लोकतन्त्र र उम्मेदवार छनौटमा समस्या देखिएकाले समावेशिता कार्यान्वयन चुनौतिपूर्ण देखिएको उल्लेख गरिन् । महिलाहरुको कार्यबोझका कारण पनि समावेशी प्रतिनिधित्वको सुनिश्चितता चुनौतिपूर्ण रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले जीवन्त लोकतन्त्रका लागि प्रभावकारी संसद हुनु आवश्यक रहेको बताए । गुणात्मक कानून निर्माण, सरकारका काम कारवाहीमा हस्तक्षेप, नागरिक अपेक्षालाई सम्बोधनलगायतका गतिविधिले संसदको प्रभावकारिता मूल्याङ्कन हुने उनको भनाइ छ । अरु मुलुकको तुलनामा नेपालको संसद बढी प्रभावकारी रहेपनि पछिल्लो समय संसदले बिजनेश नै नपाएको र यसबारे समीक्षा हुनु आवश्यक रहेको उनले बताए ।

मन लागे संसद चलाउने र मन नलागे संसद नचलाउने किसिमको स्वेच्छाचारिता देखिएको भन्दै उनले यसका लागि संसदीय क्यालेन्डरको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संसदमा राष्ट्रिय महत्वका विषयमा संसदमा छलफल हुन नसकेको र संसदबाहिर सहमति खोज्ने क्रम बढेको बताए । उनले पछिल्लो समय अध्यादेशको दुरुपयोग बढिरहेको बताउँदै यसलाई रोक्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानमा राम्रो शब्द उल्लेख हुँदैमा राम्रो हुने नभई यसको कार्यान्वयनको पक्ष सबल हुनुपर्ने उल्लेख गरे । संविधान अनुभव हुने विषय रहेको भन्दै उनले आम सर्वसाधारणले संविधानको कति लाभ लिए भन्ने पक्ष महत्वपूर्ण रहेको बताए । संविधानको कार्यान्वयनबाट आम जनताले के कति लाभ हासिल गरे भन्ने विषयमा समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।

संविधानमा रूपान्तरणको पक्ष महत्वपूर्ण रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरे । उनले संसदसँग समय भएपनि बिजनेश नभएको भन्दै सरकार बनाउनका लागि मात्रै निर्वाचन भएजस्तो अनुभूति हुने गरेको जिकिर गरे ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले संविधान केबल साधनमात्रै भएकाले त्यसको कार्यान्वयन नेतृत्व वर्गमा निर्भर हुने बताइन् । कतिपय मुलुकमा संविधान नै नभएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वमा नैतिकताको अभाव रहेको तर्क गरिन् ।

पछिल्लो समय बिगार्ने र ध्वस्त पार्ने मानसिकता बढेको भन्दै राजनीतिक वृत्तमा सबै खरानी भएपछि त्यसैमा खेल्ने राजनीतिक प्रवृत्ति देखिएको उल्लेख गरिन् ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा संवैधानिक मामिलाका जानकार, राजनीतिक दलका नेताहरु, बुद्धिजीवि, कानून व्यवसायी, पत्रकार एवम् आम सर्वसाधारणको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : १४ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’