च्याङ्ग्राको मूल्य बढेपछि स्थानीयको आकर्षण खसीबोकामा | Khabarhub Khabarhub

च्याङ्ग्राको मूल्य बढेपछि स्थानीयको आकर्षण खसीबोकामा


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

गलकोट– पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । 

यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन् । बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग्रा बिक्रीका लागि ल्याइए पनि थोरै मात्रामा बागलुङ भित्रिएका हुन् । च्याङ्ग्राको मूल्य बढेपछि यहाँका स्थानीयहरुको आकर्षण स्थानीय खसीबोकामा छ । 

दसैँतिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोई साध्य नभएकाले स्थानीय खसीबोकाको जोहो गरेको स्थानीय रणबहादुर कार्कीले बताए। ‘ एक हजार एक सय ५० प्रतिकेजीमा स्थानीय खसीको मासु रोजेर पाइन्छ । किन च्याङ्ग्रा चाहियो ? स्थानीय खसीबोका भए पनि दसैँ मनाउन पाए हुन्छ’, उनले चने, ‘मासुमा आत्मनिर्भर भइसकेको जिल्लामा दसैँको समयमा मात्र आयत हुने च्याङ्ग्रा धेरै पैसा हुनेका लागि हो ।’

खसीको मूल्यभन्दा दोब्बर बढी मूल्य च्याङ्ग्राको मासुको पर्ने भएकाले यहाँका स्थानीयले गाउँगाउँमा उत्पादन गरेका खसीबोका खरिद गरेर दसैँ मनाउ थालेका हुन् । अहिले च्याङ्ग्राको मासुलाई प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री गर्दासमेत नाफा कमाउन मुस्किल हुने बागलुङका मासु व्यापारी बलबहादुर थापाले बताए। उनले च्याङ्ग्रा काटेर बिक्री गर्दा कम नाफा हुने भएपछि प्रतिगोटा रोज्जा च्याङ्ग्रालाई ५० हजारमा बिक्री गर्दै आएका हुन्। थापाले एक सय ५१ च्याङ्ग्रा मुस्ताङबाट लिएर बागलुङ बजारमा बिक्री गरिरहेका छन् ।

च्याङ्ग्राको मूल्य निकै महङ्गो भएपछि खसी बोकाको माग उच्च देखिएको स्थानीय बताउँछन् । बागलुङ बजारमा रायडाँडा, ताराखोला, तङ्ग्राम, गलकोट लगायतको क्षेत्रमा उत्पादन भएका खसीबोकाको मासु बिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्यमा तीनवटासम्म बोका खरिद गर्न सकिन्छ । दसैँमा स्थानीय जातका कुखुरा पनि खपत हुने गरेका छन् । 

च्याङ्ग्राको विकल्पमा खसीबोकाको मासु नै बिक्री गर्न भ्याइनभ्याइ भएको कृष्ण फ्रेस हाउसका  सञ्चालक कृष्ण खड्काले बताएका छन्। अहिले बागलुङ बजारमा मुस्ताङका च्याङ्ग्रा, रुकुम पश्चिमसम्मका भेडाहरु आएका छन् । उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । यस वर्ष बागलुङमा जम्मा तीन सय च्याङ्ग्रा भित्रिएको हुनसक्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ४४ बजे

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा

उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार

सीप मेलाका प्रशिक्षार्थी भन्छन्- हाम्रा लागि ठूलो सहयोग भयो

काठमाडौं– माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष