च्याङ्ग्राको मूल्य बढेपछि स्थानीयको आकर्षण खसीबोकामा « Khabarhub

च्याङ्ग्राको मूल्य बढेपछि स्थानीयको आकर्षण खसीबोकामा


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

गलकोट– पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ । 

यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन् । बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग्रा बिक्रीका लागि ल्याइए पनि थोरै मात्रामा बागलुङ भित्रिएका हुन् । च्याङ्ग्राको मूल्य बढेपछि यहाँका स्थानीयहरुको आकर्षण स्थानीय खसीबोकामा छ । 

दसैँतिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोई साध्य नभएकाले स्थानीय खसीबोकाको जोहो गरेको स्थानीय रणबहादुर कार्कीले बताए। ‘ एक हजार एक सय ५० प्रतिकेजीमा स्थानीय खसीको मासु रोजेर पाइन्छ । किन च्याङ्ग्रा चाहियो ? स्थानीय खसीबोका भए पनि दसैँ मनाउन पाए हुन्छ’, उनले चने, ‘मासुमा आत्मनिर्भर भइसकेको जिल्लामा दसैँको समयमा मात्र आयत हुने च्याङ्ग्रा धेरै पैसा हुनेका लागि हो ।’

खसीको मूल्यभन्दा दोब्बर बढी मूल्य च्याङ्ग्राको मासुको पर्ने भएकाले यहाँका स्थानीयले गाउँगाउँमा उत्पादन गरेका खसीबोका खरिद गरेर दसैँ मनाउ थालेका हुन् । अहिले च्याङ्ग्राको मासुलाई प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री गर्दासमेत नाफा कमाउन मुस्किल हुने बागलुङका मासु व्यापारी बलबहादुर थापाले बताए। उनले च्याङ्ग्रा काटेर बिक्री गर्दा कम नाफा हुने भएपछि प्रतिगोटा रोज्जा च्याङ्ग्रालाई ५० हजारमा बिक्री गर्दै आएका हुन्। थापाले एक सय ५१ च्याङ्ग्रा मुस्ताङबाट लिएर बागलुङ बजारमा बिक्री गरिरहेका छन् ।

च्याङ्ग्राको मूल्य निकै महङ्गो भएपछि खसी बोकाको माग उच्च देखिएको स्थानीय बताउँछन् । बागलुङ बजारमा रायडाँडा, ताराखोला, तङ्ग्राम, गलकोट लगायतको क्षेत्रमा उत्पादन भएका खसीबोकाको मासु बिक्री भइरहेको छ । च्याङ्ग्राको मूल्यमा तीनवटासम्म बोका खरिद गर्न सकिन्छ । दसैँमा स्थानीय जातका कुखुरा पनि खपत हुने गरेका छन् । 

च्याङ्ग्राको विकल्पमा खसीबोकाको मासु नै बिक्री गर्न भ्याइनभ्याइ भएको कृष्ण फ्रेस हाउसका  सञ्चालक कृष्ण खड्काले बताएका छन्। अहिले बागलुङ बजारमा मुस्ताङका च्याङ्ग्रा, रुकुम पश्चिमसम्मका भेडाहरु आएका छन् । उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । यस वर्ष बागलुङमा जम्मा तीन सय च्याङ्ग्रा भित्रिएको हुनसक्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ४४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा