पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका « Khabarhub

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् ।

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए।

घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिकरूपमा बढेको भट्टले जानकारी दिए। उनका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो ।

असोज ३० गते ७३ हजार आठ सय ९६, कात्तिक १ गते ९१ हजार एक सय दुई र २ गते ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन् । आज बिहानसम्ममा एक लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए। निजी सवारीसाधनमार्फत जानेहरूको सङ्ख्या गणना नहुने भएकाले अझै धेरै सङ्ख्यामा नागरिक उपत्यका छाडेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १ : ३१ बजे

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र