नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि « Khabarhub

नेपाली विद्यार्थी विपिनलाई हमास समूहले बन्धक बनाएर राखेको पुष्टि


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी विपिन जोशीलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरी लगेको पुष्टि भएको जनाएको छ ।

दूतावासले आज एक विज्ञप्ति जारी गरी हमासले बन्धक बनाई गfजातर्फ लगेकाहरूमा विपिन पनि रहेको इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले जनाएको उल्लेख गरेको छ ।

आईडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएका छन्को ।

विज्ञप्तिमा भनिएको छ, ‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’

तर दूतावासले विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र उनी हालसम्म पनि सम्पर्कविहीन नै रहेको बताएको छ । दूतावासले विपिनको खोजी र उद्धारका लागि पहल भइरहेको जनाएको छ ।

यता, परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने विपिन गाजास्थित एक अस्पतालमा स्वस्थ अवस्थामा रहेको खबर प्राप्त भएकाले यसबारेमा पुष्टि हुने आधार खोजिरहेको बताइन् । उनले विपिनको रिहाइका लागि सम्बन्धित निकायसँग पहल भइरहेको जानकारी दिइन् ।

प्रवक्ता लम्सालले विपिनको अवस्थाकाे बारेमा वास्तविकता पत्ता लगाइ छिट्टै सूचना सार्वजनिक गर्ने बताइन् ।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ५५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा