गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा « Khabarhub

गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चितवन– वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो ।

उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूक्ष्मरूपमा अध्ययन गरिएको छ । आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ । 

मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले जानकारी दिए । यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो । 

समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन् ।

आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए ।

राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धराप (खाडल)मा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो । बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए ।

निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा पोथी गैँडा मरेको मरेको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ३७ बजे

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल