यमनका विद्रोहीद्वारा इजरायली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जा « Khabarhub

यमनका विद्रोहीद्वारा इजरायली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

साना- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजरायली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्‍याएको बताएका छन् । उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग ‘सिधा’ सम्पर्क गर्नुपरेको छ । गाजापट्टीमा हमाससँग इजराइलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजरायली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जामा परेको हो ।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजरायली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्‍याएको जानकारी दिएका छन् । जापानका विदेशमन्त्री योको कामिकावाले भने, “टोक्योले इजरायलसँग कुराकानी गरिरहेको छ, हुथीसँग सिधा सम्पर्क गर्नुका साथै जहाज र चालक दलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ ।” इजरायल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिश कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ । जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजाङ्कित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ । “हामीले कम्पनीबाट चार्टर गरेको कार वाहक ग्यालेक्सी लिडरलाई होदेइदा तट नजिकै यात्रा गर्दा कब्जा गरिएको सूचना बेलायतको ग्यालेक्सी मेरिटाइमबाट पाएका थियौँ”, निप्पोन युसेनले भनेको छ ।

उसले सूचनाहरू सङ्कलन गर्न र २५ सदस्यीय चालक दलको सुरक्षा सुनिश्चित गर्न एउटा कार्यदल गठन गरिएको जानकारी दिएको छ । “जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टाइनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजरायली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ”, हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने ।

हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले बताएको छ । इजरायली सेनाले एक्समा भनेको छ, “हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो ।”

उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजरायली नागरिक नरहेको बताएको छ । उसले उक्त जहाज इजरायली नभएकोमा पनि जोड दिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : ३३ बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।