बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन  | Khabarhub Khabarhub

बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन 


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना बनाएर पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तीनै तहका कानूनमा एकरूपता ल्याउँदै बजार अनुगमन प्रभावकारी बनाउनका लागि आवश्यक कार्ययोजना बनाएर समितिसमक्ष पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको दिएको हो ।

बजार अनुगमनका लागि संघ प्रदेश र स्थानीय तहको कानूनमा एकरूपता नभएका कारण अनुगमनमा समस्या र प्रभावकारी हुन नसकेकाले प्रभावकारी रुपमा अनुगमन गर्नका लागि कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिइएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

उनले उपभोक्ताको हक अधिकार स्थापित गर्न मौजुदा कानूनमा संशोधन गर्नुपर्ने विवरण समितिलाई पठाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । उनले अनुगमनलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले दक्ष जनशक्ति राख्न गर्नुपर्ने व्यवस्थाका बारेमा पनि जानकारी गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको सभापति खानले बताएका छन् ।

त्यस्तै बैठकले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि देखिएका समस्याहरूका बारेमा जानकारी गराउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : २० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस