सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने « Khabarhub

सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् ।

लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् ।

सभापति लामिछानेले पुस १२ गते चितवन २ को खोलेसिमलमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । यस्तै सांसदहरू पराजुली र खनालले काठमाडौँ ७ गते शनिबार सुनुवाइ कार्यक्रमको आयोजना गर्नेछन् ।

यस्तै, उपसभापति अर्यालले आफ्नो क्षेत्र धादिङमा पुस १३ गते सुनुवाइ गर्न लागेका छन् ।

सभापति लामिछानेको यो दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम हो भने अन्य तीन सांसदले पहिलो पटक गर्न लागेका हुन् । लामिछानेले पहिलो पटक गत भदै १० गते सार्वजनिक सुनुवाइ गरेका थिए ।

सुनुवाइ कार्यक्रम सम्बन्धित जिल्लाका सरकारी निकाय प्रमुख तथा तोकिएको व्यक्ति, सर्वसाधारणको उपस्थित हुने रास्वपा उपसभापति अर्याल बताउँछन् । उनका अनुसार कार्यक्रममा प्रश्न उत्तर पनि हुने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : ३० बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको