लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

लागूऔषधसहित एक जना पक्राउ


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तनहुँ– इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागूऔषध बरामद भएको हो । प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : १७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा