चीनद्वारा ग्राफाइटको निर्यातमा कडाइ, विश्वभर विद्युतीय सवारीको उत्पादन प्रभावित हुने चिन्ता « Khabarhub

चीनद्वारा ग्राफाइटको निर्यातमा कडाइ, विश्वभर विद्युतीय सवारीको उत्पादन प्रभावित हुने चिन्ता


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ग्राफाइटको निर्यातमा कडाइ गरेपछि यसबाट विश्वभर विद्युतीय सवारीको उत्पादन नै प्रभावित हुने भन्दै चिन्ता उत्पन्न भएको छ ।

चीनले ग्राफाइटको निर्यातपूर्व सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । अमेरिकाले चिनियाँ प्रविधिको क्षेत्रलाई निशाना बनाएको बदलामा चीनले यस्तो घोषणा गरेको जनाइएको छ ।

चीनले विश्वको ६५ प्रतिशत ग्राफाइट उत्पादन गर्दै आएको छ भने विद्युतीय सवारीलाई आवश्यक पर्ने बेट्रीको एनोडमध्ये ८० प्रतिशतमा चिनियाँ कम्पनीको नियन्त्रण रहेको जापानको निक्के एसियाले जनाएको छ ।

एनोड उत्पादनका लागि ग्राफाइट अत्यावश्यक पदार्थ मानिन्छ । विद्युतीय सवारी उत्पादनमा अग्रणी स्थान हासिल गर्ने चीनको महत्वकाङ्क्षी योजनाअनुसार यस्तो घोषणा आएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ४१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका