अहिलेका नेताहरुको कुराले मात्रै देश बन्दैन | Khabarhub Khabarhub

अहिलेका नेताहरुको कुराले मात्रै देश बन्दैन

‘जेलमा थुनिँदा पनि साक्षरता अभियान चलाएको थिएँ’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -भैरव रिसाल वरिष्ठ पत्रकार हुन् । त्यससँगै उनी साहित्यकार र लेखनको यात्रामा फरासिलो र वातावरण संरक्षण गर्ने क्रममा पनि परिचित छन् । ९४ वर्ष पार गरिसकेका भैरव रिसाल यो उमेरमा पनि आफ्नो ताजगी जीवन बिताई रहेका छन् । शारीरिक अवस्था एउटा पाटो होला, तर एउटा व्यक्तिको जुन जीवन यापन छ त्यो जीवन यापन कमैले अनुभव गर्न पाउँछन् । जुन भैरव रिसालले अनुभव प्राप्त गरिरहेका छन् । उनले यो उमेरमा पनि आफ्ना लेख र रचनाहरु रोकेका छैनन् । झन् झन् बढाइरहेका छन् । यसै विषयमा आधारित रहेर भैरव रिसालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

एक शताब्दी पुग्नै लाग्दा तपाईँको जोस र जाँगर चाहिँ कसरी सिर्जना भएको मान्नुहुन्छ ?
तपाईँहरू आएर बोलाई रहने, जिस्काई रहने भएकोले जिन्दगी नै त्यति हो जस्तो लाग्छ । अरूको प्रोत्साहनको कारण पनि जोस आउँछ जस्तो लाग्छ । ९५ वर्षको उमेरमा किताब निकाल्न मन लागेको छ, एक किसिमको लोभ न हो । मैले ‘छानिएका रचना’ भनेर छपाएको छु ।

९४ वर्ष पार गरेर ९५ मा टेक्दा उमेरलाई कसरी लिनु हुन्छ उमेरले मानिसलाई खुसी र दुखी कुन रूपमा लिनु हुन्छ ?
समय अनुसार फरक फरक बनाउँछ । बिरामी परेको बेला बढी बाचियो जस्तो दुखी र जिउन मन नलाग्ने पनि हुन्छ । कतिपय आफ्नो घरमा भेट्न आउँदा खुसी लाग्ने बाँचेकोमा गर्व लाग्ने पनि हुन्छ । कहिले जाँगर आउने कहिले अल्छी लाग्ने जस्ता कार्य गर्दै दिन चर्या बितेको अनुभव हुन्छ ।

तपाई कति वर्ष हुँदा आमा बित्नु भयो ?
३ वर्ष हुँदा आमा बित्नु भयो । आमा बितेर मैले पढ्न पाएको थिए । त्यस बेला गरुड पुराण भनेको १ दिनको १ मोहोर र १ माना चामल दिने चलन थियो । छोरोले गरुड लेख्न तथा पढ्न जानेमा बालाई पनि सहज हुने भएकोले मलाई पढाउनु भएको थियो । त्यो सबै आफैलाई हुन्छ तथा आम्दानी पनि हुने भन्ने सोच थियो । त्यस बेलामा बुबाको चाहाना संस्कृत पढेर गरुड पुराण भन्न जाने देखि लगन लेख्न जान्ने भए त्यो आम्दानी हुने आफूले चाहे अनुसारको छोरा पनि हुने भन्ने चाहाना बुवाको थियो । ३ धारा संस्कृत पाठशालामा पढ्नुभयो, लु हु भाषा पाठशालामा, रानीपोखरी सांस्कृतिक प्रधान पाठशालामा पढेको थियो । प्रश्न त्यहाँबाट आउने र २००७ सालसम्म त्यही जानु पर्ने कक्षा १२ को पछि आन्दोलन गरेर प्रश्न बनारसबाट आउने जाँच यहाँबाट हुन थाल्यो । बनारस गएर पढ्नु भएको भने थिएन । गरुड पुराण र लगन लेखन दुवै बुवाको चाहाना भने पुरा गर्न सकिन पास हुँदै भने गए । म उग्र कम्युनिस्ट भएर लागेको थिए ।

संस्कृतको पढाई त्यो भन्दा फरक ढङ्गबाट पत्रकारिताको अध्ययनरत रहँदा पत्रकार बन्छु भनेर लाग्नु भएको हो कि अरूले बनाएका हुन ?
२०१२ सालमा शास्त्री पास गरे गोरखापत्रमा सूचना आयो । ६ जना ग्राजुएट अफिसर ८ जना पोस्ट ग्राजुएट अफिसर भनेको मास्टर भएको चाहिने मौका आयो । त्यसमा जाँच दिँदा पास भए । ६ जनामा म पनि पास भए । तर राज्यले जागिर दिएन किन भन्दा म कम्युनिस्ट पाटीको सदस्य भएको थाहा पाएको कारण जागिर नपाउनु मेरो बिडम्बना थियो । ।

लोकसेवा भिडेर पास भएर पनि जागिर नपाउँदा मनमा कस्तो कौतुहलता उत्पन्न भयो ?
धेरै दुख लाग्या थियो । त्यही पनि मलाई कम्युनिस्ट भएकोमा गलत तथा दुख भने लागेन गलत गरे भन्ने सोच कतैबाट पनि आएन । त्यस बेला कम्युनिस्ट बनेको नै विशेष थियो । इमानदार, क्रियाशील, लगनशील हुन आवश्यक थियो । अहिलेको जस्तो पैसा कमाऊ थिएन । अहिले पैसा छ कि कम्युनिष्ट छ ।

कम्युनिस्ट विचार भएर जागिरबाट वञ्चित हुनु पर्यो, सच्चा कम्युनिष्ट एक नम्बरको कम्युनिस्ट भनेकोमा तपाईँको विचार के छ ?
व्यक्ति दुई चार जना होलान् । म थाहा पाउन्न । नेता र नेतृत्वले कम्युनिस्ट छोडेको पाइन्छ । नाम कम्युनिष्ट छ काम नन–कम्युनिष्ट रहेछन् । अहिलेको काँग्रेस भनेको कस्तो हो कस्तो म बुझ्न नसक्ने हो या नजानेको केही भेउ पाउन सकिन ।

तपाईँले जागिरे जीवन पत्रकारिताबाट हो तथा अन्य कामबाट हो ?
मैले पहिलो विवाह १२ वर्षमा गरेको थिएँ । लोकसेवा पास गर्दा म २७ वर्षको थिए । काम खोज्दै जाँदा हालखबर पत्रिका निस्कने रहेछ । त्यसमा संवाददाताको रूपमा रहेर काम गर्न थालेको थिए । त्यहाँ काम गरेपछि साइकल र १०० रुपैयाँ तलब दिएका थिए । जुन मेरो पहिलो तलब थियो । त्यस बेला १०० रुपैयाँ भनेको धेरै ठुलो रकम थियो ।

तपाई कम्युनिस्ट भए पनि उठ बस भने कांग्रेससँगै थियो नि हो ?
म आतेजाते काम गर्ने मान्छेका रूपमा थिए । अरूलाई पत्रकार चाहिने मलाई जागिर चाहिने भएको कारण म जता पनि आफ्नो कामको लागि जान्थ्यो । सूचना दिन पनि जान्थ्यो ।

हालखबरमा संवाददाता भएर काम गर्दा १०० रुपैयाँ पाउनु भएको यो कति सालको कुरा हो ?
यो भनेको वि.स.२०१३ सालको कुरा हो । जुन बेला लोकसेवा पास गरेर जागिरबाट वञ्चित भएको समयको पछिको कुरा हो । त्यस समयमा १०० रुपैयाँ धेरै ठुलो पैसा थियो ।

तपाईँले संवाददाता भएर काम गर्दा कस्ता कस्ता मोड आएका थिए, कतिको असहज थियो ?
म पपुलर भएँ । पछि सल्लाहकार सभाको रिपोर्टिङ गरे । त्यसमा पनि म आफूले आफूलाई धेरै ठुलो ओहदामा पुगेको अनुभव जाग्थ्यो । त्यस बेला पत्रकार भनेको सबैले राम्रो रूपमा सम्मान स्वरूप लिने गरेको थियो । राष्ट्रिय समाचार समितिमा २२ वर्ष काम गरे । पत्रकार भएर राजासँग पनि हिँड्ने मौका पाए ।

नेतृत्वमा पुग्नेहरू दुरदृष्टि नभएको भन्ने खालको आलोचना र अहिलेको राजनीति र राजनीति नेतृत्व सम्हालेकोमा के भन्न चाहनु हुन्छ ?
यही हो भन्ने आधार नै छैन । उहाँहरू कसको लागि काम गर्नु हुन्छ टुङ्गो नै छैन । नत्र जनताको लागि भने काम गर्नु भएन । जे अभाव छ, त्यो ल्याउन खोज्ने तर नसक्ने जस्ता कार्य भएका छन् । मूल कुरो त मुलुकको आम्दानी नै घटेको छ । अहिले त पैसा कमाउनु पर्छ भन्ने तर्फ आम जनमानसको धारणा रहेको छ ।

तपाईँले नाम कमाई राख्नु भएको छ । तर तपाईंलाई नाम ठुलो कि दाम ठुलो जस्तो लाग्छ ?
यसमा मलाई काम ठुलो लाग्छ । काम गरेर कमाएको राम्रो हो । तर काम नगरी कमाउने चलन आएको पाइन्छ । अहिलेको नेतृत्व काम भन्दा कुरा बढीको रहेको छ । कुराले मात्र देश बन्दैन ।

नेपालको राजनीति जुन बाटोमा हिँडिरहेको छ तपाईँलाई कस्तो लाग्छ ?
मलाई यो बाटो ठिक लाग्दैन । नेपालको राजनीतिले जनतालाई हेरेन । नेता नेतृत्वमार्फत हेर्न आवश्यक छ । परिवार हेर्नतर्फ लाग्नु भएको छ । काम गर्ने प्रविधि हटेको छ । दाउपेचको प्रवृत्ति विकास भयो । राजनीति सही बाटोमा हिँडेन ।

बाटोमा नहिँडेको राजनीतिलाई सही बाटोमा ल्याउन लागि भनेर खबरदारी गरेको सन्दर्भमा आलोचना पनि भयो त्यसमा तपाईँले के लेख्नु भएको थियो ?
एसियाली मापदण्ड मन्त्रिमण्डल फेरि खाने भाँडो भनेर लेखेको हुनाले मलाई राज काज मुद्दामा १० महिना जेलमा हालेका थिए । त्यो भनेको २०४३ वा २०४४ सालको कुरा हो । आन्दोलन भन्दा पहिलेको कुरा हो ।

तपाईँले त्यसमा के लेख्नु भएको थियो, त्यस्तो शीर्षकले मात्र त थुनिनु भएको होइन होला ?
एसियाली मापदण्डको परिभाषा के हो ? त्यही नै छैन र मैले यो लेख्दा जेल चलान हुन्छ भन्ने सोचेको पनि थिइन । दरबारबारेको यो लेखले सम्पादक र प्रकाशक दुवैलाई थुनायो । म थुनिदा नेपाल टेलिभिजन आएको थियो ।

एउटा लेख लेखेको कारण जेल बस्नु पर्दा पत्रकारिता बेठिक रहेछ भन्ने लागेन ?
लागेन अझ गतिलो लेख्नु पर्छ भन्ने लागेको थियो । जेलमा बसेर पनि साक्षरता अभियान चलाए र चित्रकला प्रतियोगिता गराए । जेलमा कैदीसँग कार्य गर्न सहज भएको थियो ।

तपाईँले जेल जीवन बिताई रहँदा कस्ता कस्ता व्यक्तिहरू थुनामा परेको पाउनु भयो ?
लागु औसतवाला धेरै थिए । जसको खानपान चालढाल नै अर्को थियो । अपराधीलाई किन मान गर्ने भन्ने खालको भावना उत्पन्न हुने रहेछ । जुन सुकै स्थानबाट जस्ता सुकै अपराधीहरू आउने गरेको पाएको थिए ।

हुम्लामा सौर्य बत्ती बालिरहँदा खेरि हुम्ला बासिले तपाईँलाई कस्तो प्रतिक्रिया दिए त ?
हुम्लामा बिजुलीले बच्चा पायो अरूले पाएन । अरू ठाउँमा पनि बत्तिएको उत्पत्ति भयो ।

अहिलेका पत्रकारहरू र उनीहरूले गरेका पत्रकारिता तपाईँलाई कस्तो लाग्छ ?
राजनीति जसरी अगाडि बढेको छ । पत्रकारिता पनि त्यस अवस्थामा नै रहेको भन्दा फरक नपर्ला जस्तो लाग्छ । जनता नहेरी पत्रकारले पनि आफूलाई हेरेको अवस्था छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ४८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका