प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतविभाजन « Khabarhub

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतविभाजन

रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ता प्रतिस्पर्धामा


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुखका लागि आज बस्ने बैठकमा मतविभाजन हुने भएको छ।

दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचनका लागि मतविभाजन प्रक्रिया सुरु हुने गरी संसद सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ।

उपसभामुखका लागि सत्तापक्षबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन्।

रानालाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी छन् भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्।

कांग्रेसकी यादवलाई बद्री पाण्डेले प्रस्तावक गर्दा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्लले समर्थन गरेका छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ३० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको