राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिने, निर्वाचन कहिले? « Khabarhub

राष्ट्रपतिको कार्यकाल फागुन २८ मा सकिने, निर्वाचन कहिले?


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ। ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो। तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन।

ऐनले बहालवाला राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गरेको छ तर त्यसरी निर्वाचित राष्ट्रपतिको पदबहाली कहिलेदेखि हुने भन्ने सम्बन्धमा स्पष्ट गरेको छैन। आगामी फागुन तेस्रो सातापछि राष्ट्रपतिको निर्वाचन गर्नेगरी निर्वाचनको एक महिनाअघि मिति घोषणा गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ।

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा ऐन र संविधान बाझिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “संविधान र ऐनमा असामञ्जस्यता छ। समाधानका लागि आयोग छलफलमा छ। छिट्टै निर्णय हुनेछ।” आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

राष्ट्रपतिको निर्वाचन सम्बन्धमा आयोग पदाधिकारीले पुस १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। तर सरकारले अझै राष्ट्रपतिको निर्वाचनको मिति सम्बन्धमा आयोगलाई सुझाव दिएको छैन। आयोगका प्रवक्ता पौडेलले थपे, “सरकारको सुझावलाई पर्खिनैपर्ने बाध्यता छैन। यद्यपि सुरक्षालगायतको व्यवस्था सरकारले नै गर्ने भएकाले सहमति र सुझाव आवश्यक पर्छ।”

आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ। राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन हुनेछ। (गोरखापत्रअनलाइबाट)

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ४४ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको