सभामुख घिमिरेद्वारा पहिलो सर्वदलीय बैठक आह्वान « Khabarhub

सभामुख घिमिरेद्वारा पहिलो सर्वदलीय बैठक आह्वान


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।

आफू सभामुख बनेपछि उनले पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका हुन्।

नवनिर्वाचित सभामुख घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बिहान ११ बजेका लागि बैठक बोलाएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने र समन्वय गरेर जानेबारेमा छलफल गर्ने तयारी छ। घिमिरेले आजैदेखि बैठक सञ्चालन गर्ने सचिवालयले जनाएको छ।

यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु