ह्याबिटेट फर ह्युमानिटी नेपालको २५ औँ वार्षिकोत्सव सम्पन्न « Khabarhub

ह्याबिटेट फर ह्युमानिटी नेपालको २५ औँ वार्षिकोत्सव सम्पन्न


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सर्वसाधारणको सबैभन्दा ठूलो खुशी मानिने घर र बस्ती निर्माणका लागि काम गर्दै आएको ह्याबिटेट नेपालले नेपालमा २५ वर्ष मनाएको छ । होटल मेरियटमा शुक्रबार बेलूकी एक विशेष कार्यक्रम गरेर ह्याबिटेट नेपालले आफ्नो २५ वर्षको सफलता सबैमाझ बाँडेको हो ।

नेपालमा आएको २०७२ सालको भूकम्पको विपत्तिले ग्रस्त अवस्थामा ह्याबिटेट संस्थाले समुदायमै गएर सर्वसाधारण पीडितका लागि घर तथा बस्ती निर्माण गरेको थियो । सन् १९९७ देखि नेपालमा काम गर्न सुरु गरेको ह्याबिटेट नेपालले यसबीचमा दुई लाख १० हजार भन्दा धेरै मानिसहरुसँग प्रत्यक्ष परोक्ष रुपमा काम गर्दै विभिन्न सेवा प्रदान गर्दै आएको छ ।

कतिपय घर परिवारका लागि स्थायी र अस्थायी आवास निर्माण गरेर उनीहरुको दैनिकीमा सहजता ल्याउने काम यो संस्थाले गरिरहेको छ । सन् २०२२ मा मात्रै ह्याबिटेट नेपालले ४४० वटा घर निर्माण गरेको छ । यो संस्थाले घर निर्माण गर्दा प्रकोप प्रतिरोधी घर निर्माणमा जोड दिँदै आएको छ ।

स्थानीय लघुवित्तसँग सहकार्य गर्दै घर निर्माणमा सहयोग गर्दै आएको ह्याबिटेट नेपालले सरकार तथा गैरसरकारी संघ संस्था र अभियान्तासँग पनि लगातार साथ सहयोग लिदै आएको छ ।

कार्यक्रममा ह्याबिटेट फर ह्युमानिटी इन्टरनेश्नलका एसिया प्यासिफिक निर्देशक ग्रेग म्याकडोनाल्डले नेपालमा काम गर्दै २५ औँ वार्षिकोत्सव मनाउनु विशेष भएको बताए । मानिसहरुबीचमा सम्बन्ध बनाउँदै उनीहरुको आवश्यकता र खुशीका लागि सुन्दर आवास निर्माण गर्नु ह्युमानिटी फर नेपालको उद्धेश्य भएको भन्दै यसले संसारभर नयाँ सिर्जना र खुशी जोड्दै गएको पनि बताए ।

२५ औँ वार्षिकोत्सव विशेष कार्यक्रममा बोल्दै ह्याबिटेट फर ह्युमानिटी नेपालकी कार्यकारी निर्देशक एलिजा स्थापितले नेपालमा सरकारसँग मिलेर ह्याबिटेट नेपालले आम नागरिकका घर निर्माण तथा आवासको सेवा सुविधामा सहयोग गरिरहेको बताइन् ।

‘ह्याबिटेट नेपालले मात्रै देशमा आवासको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । सार्वजनिक निजी साझेदारी माध्यमबाट हामीले अर्थपूर्ण प्रणालीगत परिवर्तनको नेतृत्व गने समाधानमा योगदान गर्न सक्छौँ’ ह्याबिटेट नेपालकी निर्देशक स्थापितले भनिन्, ‘हामी धेरै परिवार र समुदायलाई समर्थन गर्न सक्छौँ ताकी मानिसहरु सम्मान, सुरक्षा र उत्थानशील साथ फस्टाउन सक्छन् ।’

ह्याबिटेटले २५ औँ वार्षिकोत्सवको अवसरमा चित्रकला प्रतियोगितासमेत आयोजना गरेको थियो । २५ वर्षको दौरानमा ह्याबिटेट नेपालले ७० हजारभन्दा बढी घर परिवारलाई सेवा प्रदान गरेको छ । उनीहरुले यसका लागि स्थानीय साझेदारसँग नेवटर्क निर्माण गरेको छ ।

ह्याबिटेट फर ह्यामानिटी सबैलाई बस्नका लागि एक सभ्य ठाउँ अर्थात घर चाहिन्छ भनेर स्थापित भएको संस्था हो । सन् १९७६ मा सुरु भएको यो संस्था विश्वका धेरै देशमा विभिन्न परियोजना सञ्चालन गर्न सक्षम संस्था हो ।

यसले ग्रामीण क्षेत्रमा संकटमा रहेका नागरिकका लागि आवास निर्माण गरेर उनीहरुको जीवनमा सहजपन ल्याउन सँधै प्रयासरत रहन्छ ।

२५ औँ वार्षिकोत्सव कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन एम्बासडर फेलिसिटी भोल्क, अमेरिकी राजदुतावासबाट जेसन पी मिक्स लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा घर निर्माण तथा स्थानीय साझेदारीमा सुरक्षित आवास एवं बस्ती विकासको सन्देश दिने नाटक पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति