सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न « Khabarhub

सभामुखको आह्वानमा सर्वदलीय बैठक सम्पन्न


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आजको कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा(एमाले) का सांसद विद्या भट्टराईले जानकारी दिए ।

उनले भने, ‘सभामुखको निर्वाचनमा जुन प्रक्रिया र विधि अपनाइएको थियो त्यसलाई अपनाउने भन्ने कुरा भएको छ, कार्यव्यवस्था परामर्श निर्माण गरेर जाने विषयमा पनि छलफल भयो ।’ बैठकमा प्रतिनिधिसभा कार्यव्यवस्था निर्माण गरेर जाने विषयमा पनि छलफल भएको उनले बताए ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा(एमाले)का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे सहभागी थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १ : ५१ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय