सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी | Khabarhub Khabarhub

सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : उर्जा सङ्कटका कारण यातायात क्षेत्रमा पनि प्रभाव परेपछि सन् २०२२ मा श्रीलङ्काको रबर निर्यातमा कमी देखिएको छ ।

श्रीलङ्काले गत वर्ष रबरजन्य पदार्थ निर्यात गरी तीन खर्ब २७ अर्ब श्रीलङ्काली रूपैयाँ ९९० करोड अमेरिकी डलर० आम्दानी गरेको रबर विकास विभागले शनिबार जनाएको छ ।

विभागका महानिर्देशक मदवा कुलसूर्याले सन् २०२१ को राजस्वभन्दा यो केही कमी भएको बताउनु भएको छ । दक्षिण एसियाली मुलुकले सन् २०२५ सम्ममा रबरका उत्पादनबाट हुने आम्दानीलाई बढाएर तीन अर्ब डलर पु¥याउने लक्ष्य राखेको उनले बताए । श्रीलङ्काको तयारी रबरका लागि प्रमुख बजार संयुक्त राज्य अमेरिका, जर्मनी र जापान हुन् भने पाकिस्तान, जर्मनी र जापानले श्रीलङ्काबाट रबरका लागि कच्चा पदार्थ लिने गर्छन् ।

श्रीलङ्का विश्वमा अग्रणी प्राकृतिक रबर निर्यातकर्ताहरूमध्ये एक हो र सन् २०२१ मा रबर निर्यातबाट हुने आम्दानीको लगभग ७० प्रतिशत टायरबाट आएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ५६ बजे

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने

संसदीय समितिले थाल्यो छानबिन, बुझाइयो २० वटा समस्याग्रस्त सहकारीको फाइल

काठमाडौं- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मंगलबार

संसद्‍मा प्रदीप पौडेलले भने : राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीमातहत राख्न मिल्दैन

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको

तनावमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु, दोस्रो बिहे पनि एक वर्षमै संकटमा

काठमाडौं- चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्, ‘सोचेझैँ

ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको