राष्ट्रपतिमा उम्मेदवारीबारे मैले र पार्टीले निर्णय गरेको छैन : अध्यक्ष नेपाल « Khabarhub

राष्ट्रपतिमा उम्मेदवारीबारे मैले र पार्टीले निर्णय गरेको छैन : अध्यक्ष नेपाल


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र आफ्नो पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् ।

देउखुरीमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रपतिको उम्मेदवारबारे पार्टी र आफूले केही नसोचेको र निर्णय पनि नगरेको बताएका हुन् ।

माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेको भनिएका बेला अध्यक्ष नेपालको सञ्चार माध्यममा आएका सबै सत्य नहुने बताए ।

तर, शक्ति बाँडफाँटमा एकीकृत समाजवादीको भूमिका हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । राष्ट्रपतिबारे अहिले नै कुनै धारणा सार्वजनिक नगर्ने बताएका उनले राष्ट्रपतिबारे वृहत छलफल आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १ : ४८ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी