आईसीसी लिग २ मा नेपालद्वारा स्कटल्याण्ड २ विकेटले पराजित « Khabarhub

आईसीसी लिग २ मा नेपालद्वारा स्कटल्याण्ड २ विकेटले पराजित


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको २१३ रनको चुनौती नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले १०१ बलमा ९५ रन जोडेका थिए । साथै करण केसीले ३१ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाउँदा म्याथ्यु क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, काएल कोट्जर र क्रिस म्याब्राइजले समान २२ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ४४ बजे

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा