डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान | Khabarhub Khabarhub

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् ।

बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिए । उनका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्डसहित सम्मानपत्र प्रदान गरेको हुन् ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्ड दिने घोषणा गरेको थियो ।

उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उनी छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ०४ बजे

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी

ट्रम्पले गरे युएसएडका महानिरीक्षक बर्खास्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा

सुर्खेत– माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर