राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै « Khabarhub

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए ।

धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनको भनाइ थियो । आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ५९ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको