राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै | Khabarhub Khabarhub

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए ।

धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनको भनाइ थियो । आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ५९ बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच