बहुगुणी काजुका फाइदा « Khabarhub

बहुगुणी काजुका फाइदा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ड्राइ फुडको राजा मानिने काजु किनेर खाँदा निकै महंगो पर्छ। काजु सामान्य मान्छेले दैनिक रुपमा सेवन गरेर खान सक्दैनन्। तर महंगो भए पनि काजुका फाइदा धेरै छन्।

दैनिक रुपमा दुई वा ३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै फाइदा हुन्छ। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियमलगायत पोषक तत्त्व पाइन्छ। यसले हाम्रो शरीरमा धेरै फाइदा पुर्याउनका साथै हड्डी र दाँत पनि बलियो बनाउन मद्दत गर्छ। यसमा धेरै क्यालोरी पाइने हुनाले दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुँदैन।

काजुका फाइदै फाइदा
काजुलाई बहुउपयोगी मानिन्छ। काजुका फाइदालाई यसरी उल्लेख गर्न सकिन्छ।
दिमाग तेजिलो : काजुले दिमाग तेजिलो बनाउन मद्दत गर्दछ। काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ। यसले दिमाग तेजिलो बनाउँछ।

हड्डी र दाँत बलियो : दैनिक काजुको सेवनले हाम्रो शरीरका हाड्डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ।

गर्भवतीलाई फाइदा : गर्भवतीको लागि काजु बरदान जस्तै मानिन्छ। यसले सुत्केरी आमा र बच्चा दुवैलाई एकदमै फाइदा पुर्याउछ।

आँखा तेजिलो : काजुमा पाइने जीथाई रसायनले आँखालाई स्वस्थ र तेजिलो बनाउने गर्छ।

छालामा चमकता ल्याउछ : काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ। त्यसले काजु खाँदा अनुहार चम्किलो हुन्छ। काजुलाई दूधमा मिसाएर लेप बनाएर लगाउने र अनुहारमा मसाज गर्नाले पनि अनुहार अझ बढी चम्किलो र सुन्दर देखिन्छ।

सेक्स क्षमतामा वृद्धि : नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ। साथै काजुको सेवनले कब्जियतबाट पनि छुटकारा दिन्छ।

थकान मेटाउछ : काजु जुनसुकै उमेरका मानिसले खाँदा पनि कुनै असर पुग्दैन। यसको सेवनले थकान मेटाउन सहयोग पुर्याउँछ।

उच्च रक्तचाप नियन्त्रण : काजुमा सोडियमको मात्रा पाइने हुनाले उच्चरक्तचाप भएका ब्यक्तिले खाँदा अधिक लाभ मिल्छ।

साथै काजुले कुनै साइड इफेक्ट गर्दैन। यो जुनै उमेर समूहले खाँदा पनि निकै लाभदायक छ। काजुले मुटु बलियो बनाउनुको साथै डर लाग्ने जस्ता रोगको पनि नियन्त्रण हुन्छ। काजुको सेवनले कपाल चमकदार बनाउन मद्दत पुर्याउछ। यसले कोलेस्टेरोल घटाउन समेत सहयोग पुर्याउँछ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : २८ बजे

दुई फर्मलाई नगद जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु

बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर !

काठमाडौं – र्‍यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली