कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते « Khabarhub

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो। बर्दगोरिया गाउँपालिका ६ सुगरखालमा आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिदा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको र २८ जना घाइते भएका हुन्। मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सुरज चौधरीले चलाएको से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने फरार रहेका ट्याक्टर चालकको खोजी गरिरहेको छ।

वर्दगोरीया अस्पतालमा उपचाररत घाइतेहरू

भजनी ९ बस्ने दोहती डगौरा

पेपी डगौरा

ज्योती चौधरी

मगुली चौधरी

मेदी डगौरा

मधु चौधरी

रुपा चौधरी

हिमान्सु चौधरी

अनिता चौधरी

रिदम चौधरी

आरोही चौधरी

तुन्नि चौधरी

ओली चरण चौधरी

रिवस चौधरी

घोडाघोडी अस्पताल सुखडमा उपचाररत घाइतेहरू

भजनी ९ बस्ने रोहन चौधरी

कृष्णी देवी डगौरा

रत्ना चौधरी

आशा देवी डगौरा

सग्रामी चौधरी

विपिन चौधरी

फुलराम चौधरी

सन्तोष चौधरी

हिरा चौधरी

रिता चौधरी

क्षितिज चौधरी

अमन चौधरी

रिया चौधरी

बिरेन्द्र चौधरी

सानु चौधरी

अपेक्षा चौधरी

राकेश चौधरी

सबिन चौधरी

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : ५८ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर