यस्तो रह्यो यस वर्षको घोडेजात्रा (तस्वीरहरु) « Khabarhub

यस्तो रह्यो यस वर्षको घोडेजात्रा (तस्वीरहरु)


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चैत कृष्ण औंसीको अवसरमा मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलितमध्येको यो जात्रा प्राचीन मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

त्यही जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको हो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको छ । नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

घोडेजात्रामा विभिन्न सैनिक ब्याण्डद्वारा धुनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको सुरुमै घोडाद्वारा शो जम्प प्रस्तुत गरिएको थियो । यो प्रस्तुतीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहासिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए ।

यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायतामा शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । त्यसैगरी तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सैनिकलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोगसँगै महत्व घट्दै गएको छ । घोडा अन्य जनावरभन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ४५ बजे

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले

नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त (तस्बिरहरू)

काठमाडौं– नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त नेपाल आएका छन् । 

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।