भेरिफाइड अकाउन्टबाट ब्लु टिक हट्यो « Khabarhub

भेरिफाइड अकाउन्टबाट ब्लु टिक हट्यो


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ।

कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातबाट हटेको छ।

मस्कले गत अप्रिल १२ मा पैसा नतिर्ने एकाउन्टको ब्लू टिक अप्रिल २० पछि हट्ने जनाएका थिए। उनले ब्लु टिक लिने भए निश्चित रकम तिर्नुपर्ने जनाउँदै आएका छन्।

ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरूको अकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन। तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रममा भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो।

नेपालमासमेत निःशुल्क ब्लु टिक पाउने हजारौँ थिए । नेपालमा ब्लू टिक लिन वार्षिक ८४ डलर तिर्नु पर्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ०२ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले