जंगलको आगो निभाउने क्रममा बालकको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

जंगलको आगो निभाउने क्रममा बालकको मृत्यु, एक घाइते


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा बिहीबार सुरु भएको आगो निभाउन गएका बेला स्थानीय १३ वर्षका दीपक मुखियाको मृत्यु भएको हो ।

बालकको पाल्पामा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन्।

अर्का एक जना गम्भीर घाइते भएका छन् । ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका हुन् । घाइते कुँवरलाई थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले बताए । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

गर्मीयाम सुरु भएसँगै देशभर आगलागीका घटना भइरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने