बालेनले फोहोरमा राजनीति गर्नु हुँदैन | Khabarhub Khabarhub

बालेनले फोहोरमा राजनीति गर्नु हुँदैन

फोहोरलाई ढाल बनाएर सरकारमा जानु गलत


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

देशमा विभिन्न राजनीतिक विषयको चर्चा भइरहेकै हुन्छ। काठमाडौं महानगरपालिका र संघीय सरकारबीचको द्वन्द्व अहिले चर्किएको विषय बनेको छ। उपनिर्वाचन र काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहको सिंहदरबारलाई नटेर्ने प्रवृत्तिको चर्चा अहिले आम रुपमा भइराखेको छ। देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको छ। समसामयिक राजनीतिक विषय, महानगर र संघीय सरकारबीचको द्वन्द्वका विषयमा राजनीतिक विश्लेषक डम्बर खतिवडासँग राजु थापाले गरेको कुराकानी सम्पादित अंश :

उपनिर्वाचनको बहस जारी छ। तपाईंले कसरी हेर्नुभएको छ ?
सामान्यतया कुनै पनि देशको लोकतन्त्रमा वा संसदीय प्रणालीमा उपचुनाव भनेको गत चुनावदेखि उपचुनावसम्म आइपुग्दा जनता तथा मतदाताको मनोविज्ञानमा कुनै फरक प्रकारको रुझान, झुकाव वा परिवर्तन आएको छ कि छैन भनेर बुझ्ने अवसर हो। कतिपयले यसलाई चुनावको ब्यारोमिटरसमेत मान्ने गरेका छन्। यो चुनावले सरकारको बनोटमा ठूलो परिवर्तन ल्याउँदैन। यसले मङ्सिरको चुनावको पूर्ण परीक्षण गर्छ। बीचमा भएका घटनाप्रति मतदाताको मनोविज्ञान के हो ? मंसिरको कार्यकालमा परिवर्तन आयो आएन भन्ने नै हो। पाँच दलीय गठबन्धन फेरि आएको छ। यो बीचमा माओवादी एमालेसँग मिल्न गयो। कांग्रेसको बारेमा वा रवि लामिछानेको बारेमा घटेका घटना के कसरी आम जनताले बुझेका छन्। त्यही आधारमा मत हाल्छन् भन्ने कुरा हो। आम मानिसले कुन राजनीतिक शक्तिलाई बलियो बनाउन खोजेका छन्। तनहुँमा कांग्रेस अहिले हा¥यो भने उसको लागि घातक परिणामको रिजल्ट हुनसक्छ। चितवनमा रवि पराजित भए भने उनीहरुको लागि के परिवर्तन हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।

मङ्सिरको चुनाव र उप चुनावमा कस्तो परिवर्तन होला ?
पहिलेको भन्दा अहिले भोटमा परिवर्तन आउँछ जस्तो भान भएको छ। अहिले त्यहाँ त्रिकोणात्मक तथा चर्तुकोणात्मक चुनाव भइरहेको छ। सामान्य चुनावमा दुई वा तीन पक्ष हुन्छन्। तर त्यहाँको चुनावमा धेरै पक्ष प्रतिस्पर्धामा रहेका छन्। जस कारण भोट बाँडिन्छ जस्तो लाग्छ। यो पटक विजयी उम्मेदवारको पहिले भन्दा कम भोट आउँछ ।

रमेश खरेल बडो अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी जानुभयो। त्यहाँ गएर हार्ने परिस्थिति बने के होला ?
जित्नु भयो भने आश्चर्य हो। हार्नु भयो भने खासै आश्चर्य होइन। सम्मानजनक भोट ल्याए पार्टीका लागि राम्रो हो। सम्मानजनक भोट नै पर्याप्त हो।

चितवन २ को सन्दर्भमा यो भन्दा अगाडिको जस्तो बहुमत आउँछ, तपाईंलाई के लाग्छ ?
चितवनमा जुन राजनीति प्रणाली विकास भएको छ। अहिलेको रवि लामिछानेको जितको विश्वासिलो आधार मैले देख्दिन। किनभने त्यहाँ प्रचण्ड र देउवा मिलेर गठबन्धन बनाएका छन्। त्यसले गर्दा सबै घरका मान्छेमा वितृष्णा भएको छ। पार्टी पार्टीबीच पनि वितृष्णा पैदा भएको छ। अगाडिको जस्तो बहुमत आउँछ भन्ने चाहिँ लाग्दैन।

विकल्पमा भएका पुराना दल तथा अरू वैकल्पिक दलले गरेको भनिएको गल्तीको तुलनामा रवीको गल्ती हो ?
सभापति आफैंले आफ्नो नागरिकताको कानुनी हैसियत के हो भनेर बुझ्नु पर्ने थियो। अहिले पनि सरकारलाई समर्थन दिएर फेरि मन्त्रालयहरू ओगटेर राखेको छ। आफ्नो सांसद पद गएपछि पद गएको बेलामा पनि मलाई मन्त्री देऊ भन्दै जानु गलत हो। त्यो नपाएपछि सबै साथीहरूलाई निकाल्नुभयो त्यो अर्को गल्ती हो। यहाँको वास्तविक राजनीतिक मनसाय के हो ? अडान के हो ? त्यसको खोज गर्न सक्नुपर्छ।

चितवनमा रवि लामिछानेले हार्नसक्ने आधार छन् त ?
त्यस्ता घटनाहरूलाई नेपाली मतदाताहरूले कसरी लिन्छन् भन्ने विषय महत्त्वपूर्ण छ। चुनावमा भोट हाल्नुको मनस्थिति बुझ्न सकिन्छ। किनकी पाँच दलीय गठबन्धन प्लस एमालेसँग मतदाता निराश थिए। केही न केही नयाँ चिज आइदिए हुने थियो भन्ने भान भएको थियो। करिब एक वर्षदेखि देशमा राजनीतिक वैकल्पिकको बहस थियो। त्यसमा रविको पार्टीको उदयको लागि धेरै राम्रो वातावरण बनेको थियो। मङ्सिरमा रविलाई भोट दिने आधारहरू थिए। तर अहिले तिनै मतदाताले उनलाई भोट दिनुपर्ने आधार कमजोर भएका छन्। नैतिक आधारमा र राजनीतिक आधारमा पनि कमजोर भएको छ। जान्नेलाई छान्ने भन्ने पार्टीले आफ्नो कानुनी हैसियत मिलाएर राजनीतिमा आउनुपर्ने थियो। कुनै परिपक्वता नै नदेखिएको अवस्था आएको पाइयो। पहिले र अहिलेमा धेरै उतार चढाव भएका छन्।

तनहुँ १ का बारेमा तपाईं के भन्नु हुन्छ ?
अघिल्लो चुनावमा किसान श्रेष्ठ विजयी हुनुभयो। यो पटक रामचन्द्र पौडेल विजयी भएर राष्ट्रपति बन्नुभयो। अब त्यहाँ कांग्रेसलाई जिताउने भन्ने बारेमा भाषण दिएको अवस्था छ। कांग्रेस हारेमा आगामी दिनमा धेरै नै कमजोर हुने सम्भावना रहेको हुन्छ। तनहुँ जस्तो ठाउँमा कांग्रेस हार्नु भनेको देशव्यापी रूपमा त्यसको ठूलो सन्देश नै हुन्छ। कांग्रेसले नै जित्यो भने खासै चमत्कार भने हुँदैन।

तनहुँको लागि सर्वेन्द्र खनालको चर्चा र उहाँको सम्भाव्यता के देख्नु हुन्छ ?
तनहुँ एमाले उम्मेदवारका लागि खासै महत्त्वपूर्ण हुँदैन। तिनै क्षेत्रमा खासै चुनावी माहौल चहलपहल कम भएको छ। एमालेलाई सम्मानजनक भोट आउँछ। तर जित्ने हार्ने भन्ने कुरा भन्न सकिँदैन।

राजनीति अराजकता उन्मुख भएको छ। यो व्यवस्था प्रतिको वितृष्णा उस्तै छ। परिवर्तन भएर एउटा अराजकताको परिस्थितिमा जान सक्ने सम्भावना किन गयो ?
यो समस्या हाम्रो हो। हामी दुर्गा प्रसाईं जस्ता मान्छेलाई तत्काल विश्वास गर्छौ। राजा जोडिएर कुनै कार्यक्रममा गएर आफै बेवकुफ हुनुभयो भन्ने कुरा मात्र हो। मान्छेले कहाँ जानु हुन्छ, कहाँ जानु हुँदैन, कहाँ जाँदा राजनीतिक वातावरणको विकास हुन्छ ? भन्ने कुरामा ध्यान दिनुपर्छ।

बालेन्द्र शाह र सरकारको बीचको पछिल्लो समय तनाव देखियो। त्यसलाई कसरी बुझ्नु भएको छ ?
यो एउटा फोहोर काण्ड हो। त्यसमा फोहोर नै नउठाउन मिल्दैन भन्नु हुँदैन। बालेनले जतिसुकै राजनीतिक तनाव भए पनि आधारभूत मानवीय सेवा सुविधालाई रोक्नु हुँदैन। यस्ता विषयमा द्वन्द्वमात्र गरे फेरि बालेनलाई कसैले विश्वास गर्दैन। त्यसमा मेरो घोर आपत्ति छ। यो उहाँको मानवीय चरित्र भित्र पर्दैन । फोहोरलाई ढाल बनाएर केन्द्रीय सरकारमा जानु गलत हो। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : १० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने