चैते धान खेती लोप हुने अवस्थामा « Khabarhub

चैते धान खेती लोप हुने अवस्थामा


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउँछन् । “यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ”, उनले भने, “बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ ।”

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उनको बुझाइ छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ४४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल