हवाई सेवा सञ्चालनको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र « Khabarhub

हवाई सेवा सञ्चालनको माग गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् ।

जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् । मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ ।

ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नं ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यस्तै पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिङ्गधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए ।

त्यस्तै पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाह समक्ष गरिएको विष्टले जानकारी दिएका छन् ।

मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ४९ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले