कोहलपुरमा पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार हुँदै  « Khabarhub

कोहलपुरमा पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार हुँदै 


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राँझा– कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ । सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क र धरहराको झल्को दिने गरी बनाइएको दश तले भ्यू टावरको काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । 

उनका अनुसार कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भई सञ्चालनको तयारीमा रहेको छ । बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्सलगायत सबै संरचना निर्माण भइसकेका छन् । 

अत्याधुनिक बसपार्कमा व्यावसायिक सटरसँगै, स्वास्थ्यचौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था गरिएको छ । बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालनमा ल्याइने उनले बताए ।

बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण नगर विकास कोषले लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनाका साथै कोहलपुरको विकासमा समेत टेवा पुग्ने नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । उक्त बसपार्कबाट देशको पूर्व-पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधन चल्नेछन् । 

कोहलपुरमा काठमाडौँको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावर  निर्माण भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्युटावरको निर्माण कार्य पूरा भएको निर्माण कम्पनी एसोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालक अर्जुन पनेरुले बताए । 

यसैगरी ठूला योजनाका रुपमा सुरु भएका नगर अस्पताल, कभर्ड हल, बाल अस्पताल पनि धमाधम निर्माण भइरहेको नगरप्रमुख आचार्यले जानकारी दिए। 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ३१ बजे

विश्वकप फाइनल : एक गोल मात्र खाएको स्पेन र १९ गोल गरेको अर्जेन्टिना कुन बलियो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक