राजविराज कारागारका एक कैदीको मृत्यु « Khabarhub

राजविराज कारागारका एक कैदीको मृत्यु


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सप्तरी– राजविराज कारागारका एक कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् ।

राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको थियो ।

राजविराजबाट रिफर भई उपचारका क्रममा कोशी अस्पताल विराटनगर पुर्‍याइएका यादवको मृत्यु भएको कारागार प्रमुख किशोरकुमार रामले बताए ।

मृतकका श्रीमती मञ्जुदेवी यादवका अनुसार छारे रोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिएपछि अस्पताल भर्ना गरिएको थियो ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनी २०७७ चैत ११ गते घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय हनुमान नगबाट खटेको प्रहरी टोलीले यादवलाई घरबाटै पक्राउ गरेको थियो ।

सोही दिनदेखि उनी कारागारमा छन् । उनलाई अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो । शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शवको परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी, सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजङ्ग खडका र मिथिलेश यादवले तालिममा भाग लनभन्दै झुक्याई दुई बालिकालाई २०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रङ्गमञ्च गेस्ट हाउस पुर्याएका थिए ।

होटलमा पुगेपछि पीडितलाई ललाइफकाइ शारीरिक सम्बन्ध राख्नका लागि सुरुमा पैसाको प्रलोभन दिएको र नमाने पछि डर त्रास देखाइ आरोपितले हातपात गरेका थिए । होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए ।

आरोपित खड्कालाई प्रहरीले २०७० साउन १८ गते पक्राउ गरेको थियो । खड्का २०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । पछि पक्राउ परेकी द्रौपतीदेवी राजविराज कारागारमा कैद भुक्तान पूरा गरिसकेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : ३५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर