सिरहाको मिर्चैयामा नगर प्रमुखविरुद्ध स्थानीयवासीको आन्दोलन जारी « Khabarhub

सिरहाको मिर्चैयामा नगर प्रमुखविरुद्ध स्थानीयवासीको आन्दोलन जारी


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरहाको मिर्चैया बजारका स्थानीयवासीले आन्दोलन जारी राखेका छन् । मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै बजारका स्थानीयवासी निरन्तर आन्दोलन गर्दै आएका छन् ।

यसैक्रममा शुक्रबार सर्वदलीय सर्वपक्षीय संयुक्त संघर्ष समितिको आह्वानमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार बन्द गर्नुका साथै एक घण्टा राजमार्गमा चक्काजाम गरिएको छ ।

बिहीबार नगर प्रमुख यादवविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले स्थानीयवासीलाई कुटपिट गरेको र हवाई फायर तथा अश्रुग्याँस प्रहार गरी दमन गरेको आरोप लगाउँदै उनीहरूले शुक्रबार बजार बन्द र चक्काजाम गरेका हुन् ।

बजारका निस्किएको विरोध जुलुसले नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मिर्चैयाको कटारी चोकमा पुगेर चक्काजाम गरेको थियो । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शन पनि गरेका थिए ।

चक्काजामका कारण सयौँ गाडी अलपत्र परेका थिए । चक्काजामसँगै गरिएको कोणसभामा आन्दोलनका नेतृत्वकर्ताहरूले प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीलाई कारबाहीको पनि माग गरेका छन् ।.

उनीहरूले नगर प्रमुख यादवले बजार क्षेत्रका घरहरू भत्काएर गैरकानूनी काम गरेको, मिर्चैयामा आतंक मच्चाएको, जनताको मौलिक अधिकार खोसेको, मनोमानी किसिमले नगरपालिका चलाएको, भ्रष्टाचार गरेको, सार्वजनिक पोखरीको जग्गा व्यक्तिका नाममा कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाएका छन् ।

कोणसभामा आन्दोलनका नेतृत्वकर्ताहरू अञ्जय साह, हरिकिशोर महतो, धनेश्वर यादव, खगेश्वर यादव, जीवछ यादवलगायतले सम्बोधन गरेका थिए । यसअघि, बिहीबार नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

गत माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले गाउँब्लकअन्तर्गत पर्ने बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो । यही घटनालाई लिएर स्थानीयले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ११ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले