मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात « Khabarhub

मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा हिमपात


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– मुस्ताङ र म्याग्दीका उच्च पहाडी क्षेत्रमा आज वर्षा र बेमौसमी हिमपात भएको छ । 

मुस्ताङको लोमान्थाङ, दामोदरकुण्ड लोघेकर, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका अधिकांश ठाउँमा हिमपात भएको हो । यहाँ वसन्त ऋतुमा वेमौसमी हिमपात भएको हो ।  

हिमपातले चिसो बढेको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले बताए। मुक्तिनाथमा दुई फिट बाक्लो हिउँ जमेको जनाइएको छ । वर्षाले मुक्तिनाथ मन्दिरमा आएका भक्तजनलाई पूजाआजा, दर्शन र स्नान गर्न समस्या परेको बताइएको छ ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपात र चिसोले उपल्लो मुस्ताङको जनजिवन प्रभावित भएको बताए। उनका अनुसार सर्वसाधारण घरभित्रै आगो तापेर बसेका छन् । गाईवस्तु र भेडाच्याङग्रालाई चरन क्षेत्रमा लैजान नसक्दा आहराको समस्या भएको जनाइएको छ । 

म्याग्दीको धवलागिरी गाउँपालिकाको गुर्जा, अन्नपूर्ण गाउँपालिकाको खोपारा, मोहरेडाडा, घोडेपानीमा पनि हिउँ परेको छ । डाँडाहरू हिउँले सेताम्मे भएका र चिसो बढेको धवलागिरी–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । 

यसपालि पुस र माघमा हिमपात भएको थिएन । हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ४० बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान