तनहुँमा सडकको नालीमा एक युवकको शव फेला « Khabarhub

तनहुँमा सडकको नालीमा एक युवकको शव फेला


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

दुलेगौँडा- तनहुँ शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार भिमाद सडकको नालीमा युवकको शव फेला परेको छ । दोभानको उकालो नजिकै एक्लेवरमा बिहान पौने ६ बजे बेवारिसे अवस्थामा स्थानीय ३८ वर्षीय सुरेन्द्र विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा विकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घट्नामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका(४ गृह्रकोट स्थायी घर भई शुक्लागण्डकी(७, शान्तिनगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

स्थानीयका अनुसार विकसहितको ५ जनाको टोली राति रक्सी खाएर बसेका थिए । रक्सीले मातेपछि आपसमा विवाद हुँदा घटना भएको हुन सक्ने प्रहरीको आशंका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ११ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले