पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु « Khabarhub

पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

लिस्बन – वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ। बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा कार्यरत थिए। विगत आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हँुदै आठ महिनाअघि पोर्चुगल आएका थिए। उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए। उनले शव पठाउनका लागि आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : ४२ बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार