गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने « Khabarhub

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँ स्वरुप दिइने भएको छ ।

गुरुयोजना तयार भएपछि उद्यानलाई नयाँ स्वरुप दिन छ करोड बजेटमा बोलपत्र आह्वान गरिएको उद्यान निर्माण समितिका अध्यक्ष शंकर तिवारीले राससलाई जानकारी दिए । बागमती प्रदेश सरकारले उद्यान निर्माणका लागि बहुवर्षीय ठेक्का लगाएको छ । उद्यानलाई नयाँ स्वरुप दिन बागमती प्रदेश सरकारका पूर्वसंस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले सहयोग गरेको जनाइएको छ ।

उद्यान निर्माणस्थलको पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ, नगर प्रमुख रमेश नापित, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठलगायत जनप्रतिनिधिले अवलोकन गरी सहयोग गर्ने वचन दिएको उक्त समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १२ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल