सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे « Khabarhub

सञ्चार विधयक छिट्टै ल्याउछौँ : मुख्यमन्त्री पाण्डे


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लेखनाथ – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको बताएका छन्।

प्रेस युनियन कास्कीको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै उनले भने, “गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौँ।”

मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको र सञ्चारकर्मीले गम्भीर तथा सोच विचारका साथ कलम चलाउनुपर्नेमा उनको जोड छ। सङ्घीयता विरोधी गतिविधि चलिरहेको वर्तमान अवस्थामा सञ्चारकर्मीले सङ्घीयता र लोकतन्त्रको पक्षमा कलम चलाउन आवश्यक रहेका बताउँदै उनले पत्रकारले त्यस्ता गतिविधिलाई मलजल हाल्ने किसिमले कलम नचलाउनसमेत आग्रह गरे।

समाजलाई बाटो देखाउने पत्रकारले जुनसुकै अवस्थामा पनि सत्थ्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न छाड्न नहुने उनले बताए। प्रत्रकारितामा शुद्धिकरणको आवश्यकता पनि देखिएकाले त्यसतर्फ पत्रकार महासङ्घको ध्यान जान आवश्यक भएको कुरा उनले औँल्याए। “गलत प्रवृत्तिबाट गरिने पत्रकारिताको नियमन हुन जरुरी छ”, उनले भने, “सरकारका गलत कुरालाई गलत र सहीलाई सही भनेर सूचना जनतासम्म पुर्‍याउने काम सञ्चारकर्मीले गर्नुपर्छ।”

सो अवसरमा नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्मा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सेना, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कृत व्यक्तित्व विमला भण्डारी, पत्रकार गङ्गाधर पराजुली लगायतले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका बारेमा बोलेका थिए।

प्रेस युनियन कास्कीका कार्यबाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन कास्कीद्धारा प्रदान गरिने विभिन्न पुरस्कारद्वारा पत्रकार रवीन्द्र बाँस्तोला, बिमला भण्डारी, रमेश पौडेल र नवीन सिग्देललाई सम्मान गरिएको थियो।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १२ : २७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द