गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व  | Khabarhub Khabarhub

गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व 


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएकी छन् । 

आसन्न गणतन्त्र दिवसका सन्दर्भमा आज यहाँ आयोजित विभिन्न मन्त्रालयका प्रवक्ताहरुको बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र स्थापनाका गौरवमय १५ वर्षको समीक्षासहित यसबीचमा भएका प्रगतिका सूचक र तथ्य जनताको बीचमा लैजानुपर्नेमा जोड दिइन् । 

सरकार वा अन्य सार्वजनिक जिम्मेवारीमा बस्ने व्यक्तिबाट हुने कमजोरीलाई व्यवस्थाकै कमजोरीजस्तो गरी प्रचार गर्ने गलत प्रवृत्ति विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै उनले व्यक्तिका कमजोरीका कारण व्यवस्थामाथि प्रहार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन् । 

पात्र वा प्रवृत्तिका कारण प्रणालीमाथि नै आक्रमण गर्ने गलत रबैयाका विरुद्ध गणतान्त्रिक व्यवस्थाले गरेका राम्रा कामको तथ्यसंगत छलफल हुनु आवश्यक रहेको पनि मन्त्री शर्माले बताए । 

‘जिम्मेवारीमा बसेका व्यक्तिहरूबाट बेलाबेलामा कमजोरी नभएका होइनन्, त्यस्तो कमजोरी गर्नेहरूले ढिलोचाँडो सजाय पाउँछन्’, मन्त्री शर्माले भनिन्, ‘तर, व्यक्तिबाट हुने कमजोरीको दोष व्यवस्थाको होइन बरु गणतन्त्र मात्रै यस्तो व्यवस्था हो, जसले शक्तिमा बसेर कमजोरी गर्नेहरूलाई पनि सजायको भागिदार बनाउँछ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुभन्दा अघि र आजको अवस्थाको तुलनात्मक अध्ययन गरी तथ्यगत विवरण जनताका बीचमा लैजान प्रवक्तालाई आग्रह गर्दै उहाँले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय समग्र क्षेत्रमा कहाँ सुधार भएको छ र कहाँ अझै सुधार गर्नुपर्छ यसको तुलनात्मक विश्लेषण आवश्यक रहेको बताइन् ।

सरकारले गर्ने राम्रा काम समयमै जनताका बीचमा पुग्नुपर्नेमा जोड दिँदै उनले सिंगो सरकारका गतिविधिलाई एकद्वार प्रणालीबाट जनताका बीचमा लैजाने तयारी पनि थालिएको जानकारी दिइन् । त्यसका लागि सबै मन्त्रालयका गतिविधि एकद्वार प्रणालीबाट सूचना विभागले सार्वजनिक गर्ने गरी वेबसाइट र एपको तयारी गरिरहेको उनले बताइन् ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ५ : ५३ बजे

युनाईटेड इदी हाइड्रोपावरले ४ प्रतिशत बोनस दिने

काठमाडौं– युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले बोनस दिने

जलनमा परेका मेयर भन्छन्- १२ दिनपछि पोखरा फर्कँदै छु

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कने भएका

कस्तो नेतृत्व छान्ने ?

सत्य आफैंमा सापेक्ष कहिल्यै हुँदैन। यो सधैं निरपेक्ष हुन्छ। अर्थात्

जापानमा डढेलो बस्तीमा पसेर ८० भन्दाबढी भवनमा क्षति

टोकियो – उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : उपप्रधानमन्त्री सिंह

ललितपुर– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि