संसद बैठकमा एमाले सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन « Khabarhub

संसद बैठकमा एमाले सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेका शब्द हटाउन निर्देशन दिएकी छिन् । आइतबार बसेको संसद् बैठकका क्रममा सांसद शाहीले अमर्यादित शब्द प्रयोग गरेको भन्दै सांसदहरुले आपत्ति जनाएपछि बोलेका शब्द हटाउन निर्देशन दिइएको हो ।

सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, बर्दी पाण्डेहरुले सत्ता स्वार्थका लागि बीपीको सिद्धान्तलाई छाडेको टिप्पणी गरेका थिए । उनले कांग्रेसका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको आरोप लगाएका थिए । उनले उनीहरुले ‘गहतको झोलमा जात फालेको’ समेत टिप्पणी गरे ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले आपत्ति जनाएकी थिइन् । उनले सभामुखमार्फत् सांसदको नाम लिइनुपर्ने भएपनि सांसद शाहीले सीधै सांसदहरुको नाम लिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

‘हामी संशोधनमा बोलिरहेका छौँ कि व्यक्ति–व्यक्ति, पार्टी–पर्टीका विषयमा बोलिरहेका छौँ ? उहाँले बोलेका शब्दहरु रेडकबाट हटाइयोस्’ उनले भनिन् ।

त्यसपछि प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकी राना मगरले सांसद शाहीले बोलेका शब्दहरु रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ५७ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी