संसद बैठकमा एमाले सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन « Khabarhub

संसद बैठकमा एमाले सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेका शब्द हटाउन निर्देशन दिएकी छिन् । आइतबार बसेको संसद् बैठकका क्रममा सांसद शाहीले अमर्यादित शब्द प्रयोग गरेको भन्दै सांसदहरुले आपत्ति जनाएपछि बोलेका शब्द हटाउन निर्देशन दिइएको हो ।

सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, बर्दी पाण्डेहरुले सत्ता स्वार्थका लागि बीपीको सिद्धान्तलाई छाडेको टिप्पणी गरेका थिए । उनले कांग्रेसका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको आरोप लगाएका थिए । उनले उनीहरुले ‘गहतको झोलमा जात फालेको’ समेत टिप्पणी गरे ।

त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले आपत्ति जनाएकी थिइन् । उनले सभामुखमार्फत् सांसदको नाम लिइनुपर्ने भएपनि सांसद शाहीले सीधै सांसदहरुको नाम लिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

‘हामी संशोधनमा बोलिरहेका छौँ कि व्यक्ति–व्यक्ति, पार्टी–पर्टीका विषयमा बोलिरहेका छौँ ? उहाँले बोलेका शब्दहरु रेडकबाट हटाइयोस्’ उनले भनिन् ।

त्यसपछि प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकी राना मगरले सांसद शाहीले बोलेका शब्दहरु रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : ५७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी