गुल्मी दरबार नेपालमै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा « Khabarhub

गुल्मी दरबार नेपालमै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तम्घास – नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता जनाएका थिए । घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए।

गुल्मीदरबार गाउँपालिकाका दिवङ्गत तत्कालीन गाउँपालिका अध्यक्ष अशोककुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षीय दीर्घकालीन योजना बनाउँदा पोषण तथा मातृशिशु सेवालाई प्राथमिकता दिएको थियो । सोही योजना र कार्यक्रमअनुसार गाउँपालिकाले स्थापनाकालदेखि नै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त विद्यालय क्षेत्र गाउँपालिका घोषणा, उपप्रमुखलाई पोषण फोकल व्यक्ति चयन, ८३ वटा स्वास्थ्य आमा समूहलाई पुनर्जागरण गर्ने, नेपालमै पहिलोपटक एकीकृत पोषणसम्बन्धी ‘कस्तो छ आमा’ कार्यक्रमको सुरुआत, बर्थिङ सेन्टर सञ्चालन र बलिथुम स्वास्थ्य चौकीलाई लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

गाउँपालिका प्रमुख सरोजकुमार थापाले नागरिकका स्वास्थ्यप्रतिको आशा स्थानीय सरकारसँग निकै बढिरहेको बताए । स्थानीय सरकारलाई आफ्ना बजेटका सीमाका कारण नागरिकका सबै आशाहरूलाई पूरा गर्न चुनौती रहेको भन्दै व्यवस्थित योजनामार्फत अभियानलाई निरन्तरता दिने विषयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।

अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालय गुल्मी र जिल्ला सुआहारा, एकीकृत ग्रामीण विकास समाज गुल्मीले नियमित अनुगमन र सुझाव दिइरहेको थियो । पाँच वर्षको निरन्तर प्रयासपश्चात् अहिले गुल्मीदरबार गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारसहित नेपालमै पहिलो अभियान घोषणा गर्न सकिएको स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले बताए । नियमित खोपतर्फ गाउँपालिका पूर्णखोप र कोभिड–१९ खोप पनि पूर्णखोप गाउँपालिका सुनिश्चित भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्री, छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय र स्वास्थ्य कार्यालयलका जनस्वास्थ्य अधिकृत बोम अर्याललगायतले पोषणमैत्री कार्यक्रलाई दिगोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १० : ०६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल